ओली सरकारलाई अब घेर्नुपर्छ, तह लगाउनुपर्छ : देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचारलगायत अनियमितता गरेकोले जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउने बताएका छन्।

सरकारले अप्रजातान्त्रिक काम गरिरहेकोले आन्दोलन गर्ने दिन आउन सक्ने देउवाको भनाइ छ। नेपाल महिला संघ केन्द्रीय समितिले सोमबार गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाले भने, ‘यो कम्युनिष्ट सरकारले अति ब दमासी गरेको छ।

हाम्रा साथीभाइलाई ध रपकड गरेको छ।’ ओली नेतृत्वको सरकारले कर्मचारीलाई पनि ध म्क्याउने, त र्साउने काम गरिरहेको आरोप देउवाको छ। सरकारले जथाभावी गरेको छ। कर्मचारीलाई ध म्क्याएर त र्साएर राखेको छ। हाम्रो पालामा त यस्तो गरेको थिएन,’ उनले भने।

उनले ओली सरकारलाई तह लगाउनुपर्ने पनि बताए। ‘ओली सरकारलाई तह लगाउनुपर्छ, यो सरकारलाई घेर्नुपर्छ,’ देउवाले भने। को रोना म हामारी रहेकोले अहिले नै सरकारविरूद्ध आन्दोलन गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ।

‘मैले पहिल्यै कम्युनिष्टले जिते देशलाई ख तरा हुन्छ भनेकै हो,’ देउवाले भने, ‘को रोना नआएको भए देशैभरि जु लुस गर्ने योजना थियो मेरो, को रोनाका बेला आन्दोलन गर्न भएन।’

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ ।

प्रकाशित मिति September 28, 2020