कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

काठमाडौं, असोज १३ । कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बाँकेका दुई र मोरङमा एक जना संक्रमितको मृत्यु भएको हो ।

नेपालगन्जस्थित मेडिकल कलेज अस्पतालका कर्मचारीसहित थप दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालगञ्जका ४१ वर्षीय पुरुष र कोहलपुर नगरपालिका १० का ५३ वर्षीय पुरुष रहेका छन् । नेपालगन्जका ४१ वर्षीय पुरुष नेपालगन्जस्थित मेडिकल कलेज अस्पतालका कर्मचारी हुन् ।

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा धरानमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

त्यस्तै विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा सोमबार दिउँसो उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ । सुनसरीको दुहवी नगरपालिका ५ का ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

योसँगै प्रदेश एकमा कोरोनाबाट मृ त्यु हुनेको संख्या ६५ पुगेको छ । नेपालमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय ८५ पुगेको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ।

प्रकाशित मिति September 29, 2020
Loading...