सिन्धुलीका दुई युबा काठमाडौँबाट एक थान पेस्तोल र ६ राउन्ड गोली सहित पक्राउ

असोज ८, काठमाडौँ। सिन्धुलीका दुई युबा सहित ४ जनालाई प्रहरीले काठमाडौँबाट पेस्तोल सहित प’क्रा’उ गरेको छ । आज बिहान (बुधबार) साढे ११ बजे काठमाडौँ महानगरपालिका – ९ शम्भुमार्ग स्थित एक होटलबाट उनीहरुलाई प्रहरीले प*क्रा*उ गरेको हो । होटलको कोठा नम्बर ४०४ बाट चार जनालाई पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग रानीपोखरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा लाजिम्पाट बस्ने सिन्धुलीका भीमबहादुर माझी, बल्खु बस्ने सिन्धुलीकै प्रदीप माझी, बालुवाटार बस्ने उदयपुर कटारीका भीम सुर्खेती र लोकेन्द्रबहादुर आले रहेको प्रहरी वरिष्ठ उपरीक्षक श्याम लाल ज्ञवालीले जानकारी दिएका छन् । पक्राउ परेका सिन्धुलीका दुई जनाको प्रहरीले पुरा ठेगाना भने खुलाएको छैन ।

उनीहरुको साथबाट १ थान पे*स्तो*ल,१ थान पेस्तोलमा लाग्ने म्यागजिन र ६ राउण्ड गोली ब*रा*म*द गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति September 25, 2019
Loading...