काठमाडौँमा पेस्तोल सहित पक्राउ पर्ने सिन्धुलीका सांसद बसन्त माझिको भाई रहेको खुलासा

असोज ८, काठमाडौँ ।

आज बिहान(बुधबार) काठमाडौँबाट पेस्तोल सहित पक्राउ पर्नेमा लाजिम्पाट बस्ने सिन्धुली मरिण गाउपालिका -५ का भीमबहादुर माझी नेकपा सिन्धुलीका प्रदेश सांसद बसन्त माझिको आफ्नै भाई रहेको खुलेको छ, उनी पूर्व जनमुक्त्ती सेना पनि हुन । तर उनलाई नजिकबाट चिन्ने साथीहरुले भने उनी त्यस्तो खालको मान्छे नभएको प्रहरीले फसाएको पनि हुनसक्ने आशंका ब्यक्त गरेका छन ।

अहिले उनले काठमाडौँमा साथीहरु सँग मिलेर बालुवा गिट्टी सप्लाईको काम गर्दै आईरहेको बुझिएको छ । तेस्तै गरेर पक्राउ पर्नेमा उनी सहित बल्खु बस्ने सिन्धुली मरिण गाउपालिका -५ कै प्रदीप माझी, बालुवाटार बस्ने उदयपुर कटारीका भीम सुर्खेती र लोकेन्द्रबहादुर आले रहेको प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् ।

आज बिहान (बुधबार) साढे ११ बजे काठमाडौँ महानगरपालिका – ९ शम्भुमार्ग स्थित एभरेष्ट होलिडे इन होटलबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट १ थान पेस्तोल,१ थान पेस्तोलमा लाग्ने म्यागजिन र ६ राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति September 25, 2019
Loading...