काठमाडौं, असोज १४ । वैदेशिक रोजगार विभाग काठमाडौं ताहाचलका एक जना कम्प्युटर अपरेटरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
हिजो कोरोना संक्रमण देखा परे पछि श्रम स्वीकृतिदिने काम बन्दगरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।
एकजना कर्मचारीमा को रोना संक्रमण पुष्टि भए पछि अरु कर्मचारीको पनि पिसीआर परिक्षण गर्नु पर्ने भएकोले अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरिएको महानिर्देशक दाहालले बताए ।
निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो ।
काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।
प्रकाशित मिति September 30, 2020