कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, १५५९ संक्रमित थपिए

काठमाडौं, असोज १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा को रोनाबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५७ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा को रोना संक्रमणबाट निको हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ ।

हाल नेपालमा २० हजार ८९१ जनामा को रोना भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ भने आइसोलेसनमा २० हजार ८९१ जनामा र क्वारेन्टाइनमा रहनेको संख्या पाँचहजार ४२८ पुगेको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति September 30, 2020
Loading...