जापान एयरलाइन्सले अब यात्रुलाई सम्बोधन गर्दा ‘लेडिज एन्ड जेन्टल मेन’ नभन्ने

काठमाडौं, असोज १४ । जापान एयरलाइन्सले हरेक लिंगका मानिसलाई समान रुपमा सम्बोधन गर्ने भएको छ।

यस एयरलाइन्सले आगामी महिनादेखि यात्रुलाई सम्बोधन गर्दा ‘लेडिज एन्ड जेन्टल मेन’ नभन्ने भएको हो।

लेडिज भनेर महिला र जेन्टल मेन भनेर पुरुषलाई सम्बोधन गरिन्छ। तर विश्वमा तेस्रो लिंगी मानिसहरु पनि हुन्छन्।

त्यसैले अक्टोबर १ देखि एयरलाइन्सले आफ्ना यात्रुहरूलाई समान रुपमा सम्बोधन गर्न भिन्दै तरिका अपनाउने भएको हो।   

अब लेडज एन्ड जेन्टल मेनको साटो ‘एटेन्सन अल प्यासेन्जर्स’ भन्दै सम्बोधन गरिने बीबीसीले जनाएको छ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति September 30, 2020