लुटेरै काठमाडौंमा किने ३६ आना जग्गा, प्लटिङमा पनि लगानी

काठमाडौं, असोज १४ । खेलबहादुर तामाङ अहिले महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा छन्। सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-३ का उनी गत शुक्रबार पक्राउ परेका हुन्।

उनको समूहका अन्य ६ जना पनि पक्राउ परिसकेका छन्। उनीहरूलाई प्रहरीले सस्तोमा डलर साटिदिने भन्दै लुटपाट गरेको आरोपमा पक्राउ गरेको हो।

उनीहरूले अहिलेसम्म कति जना लुटे भन्ने खुलेको छैन। उनीहरू पक्राउ परेपछि प्रहरीको सम्पर्कमा आएकाहरूबाट ७० लाख बढी रुपैयाँ लुटपाट भएको परिसरले जनाएको छ।

लुटेरा समूह पक्राउ परेको खबरपछि पाँच वर्षअघि पाँचखालबाट आठ लाख, चार वर्षअघि बाह्रबीसेबाट तीन लाख, गत वर्ष भदौमा टोखाबाट १६ लाख, कात्तिकमा बनेपाबाट ११ लाख लुटिएका व्यक्ति प्रहरीको सम्पर्कमा आएका हुन्।

खेलबहादुरको समूहले ध म्की दिएर, हा’त’ह’ति’या’र देखाएर वा कुटपिट गरेर मान्छेहरूलाई लुटेको भने देखिन्न। पीडितलाई पहिला विश्वासमा पार्ने अनि लुट्ने उनीहरूको रणनीति देखिन्छ।

परिसर प्रवक्ता प्रहरी निरीक्षक सुवास बुढाथोकीका अनुसार खेलबहादुर यसअघि पनि लुटपाटमा पक्राउ परिसकेका व्यक्ति हुन्।

उनलाई लुटपाट तथा ठगी गरेको अभियोगमा काठमाडौं जिल्ला प्रहरी कार्यालयले २०६४ चैतमा पक्रेको थियो। उनी एक वर्ष कैद सजाय भुक्तान गरी १२ लाख धरौटी बुझाएर छुटेका थिए।

उनकै समूहका ५६ वर्षीय श्यामबहादुर भनिने धनजीते तामाङ भने खेलबहादुरभन्दा पहिला पक्राउ परेका थिए। उनी २०६० सालमै पक्राउ परी एक वर्ष कैद सजाय भोगेर छुटेका हुन्।

जेलबाट छुटेपछि खेलबहादुर र श्यामबहादुरले पहिला गरेको ध’न्दा छोडेनन्, फेरि लुटपाटमै लागिरहे। ‍‍

लुटपाट गरेको अभियोगमा पक्राउ परेका खेलबहादुर      पहिलो पटक उनीहरू पक्राउ परेपछि समूहमा रहेका केहीले यो धन्दाबाट बाहिरिए। खेलबहादुर र श्यामबहादुरले आफ्नै गाउँ सिन्धुपाल्चोकको बाह्रेबीसे आसपासका मानिस र परिवारकै सदस्यलाई समूहमा मिसाए।

अहिले पक्राउ परेका३३ वर्षीय रेलबहादुर तामाङ खेलबहादुरका भाइ हुन्। त्यस्तै २५ वर्षीय रामकृष्ण तामाङ श्यामबहादुरका छोरा हुन् भने पक्राउ परेकी ३२ वर्षीया कान्छी तामाङ उनकी बुहारी हुन्।

मंगलबार पक्राउ परेका २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी एउटै वडाका हुन्।

खेलबहादुरको समूहले व्यापारी, व्यवसायी, धनाढ्य, विदेशबाट फर्किएकालाई नि शाना बनाउँथे। सुरूमा उनीहरू त्यस्ता मानिससँग राम्रो चिनजान बनाउँथे। अनि ‘गाउँको मान्छेसँग डलर थियो, सस्तोमा दिन्छु भनेको थियो’ भन्थे।

सुरूमा उनीहरू केही अमेरिकी डलर पनि देखाउँथे। यस्तो डलर भुइँचालोमा भत्केको घरमा भेटिएको, ट्रेकिङमा आएका खैरेहरूले छोडेको भन्थे।

डलर चाहिएका मानिसहरू उनीहरूको कुरा पत्याउँथे। त्यसपछि डलर दिन मानिसहरूलाई कुनै ठाउँमा बोलाउँथे। आउनेहरू सस्तो रेटमा डलर पाइयो भन्दै सक्कली नेपाली रुपैयाँ बोकेर ल्याउँथे। उनीहरू भने प्रहरीले देख्छ भनेर डलर पोको पारेर दिन्थे। पोको दिइसकेपछि उनीहरू हिँडिहाल्थे।

‘बेस्सरी बाँधिएको कपडाको पोको खोल्दा त भित्र कागजैकागजमात्र हुने रैछ,’ इन्स्पेक्टर बुढाथोकीले भने। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लुटपाटबाट आएको सबै पैसा समूहका मुख्यनाइके खेलबहादुरले जग्गामा लगाएको देखिएको छ।

उनले लुटेको पैसाले शंखरापुर नगरपालिकाको जर्सिङपौवामा ३६ आना जग्गासमेत जोडिसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

‘१३ वर्षको अवधिमा यिनीहरूले कतिलाई लुटे, लुटे। यतिसम्म लुटिसकेका रहेछन् कि खेलबहादुरले जर्सिङपौवामा ३६ आना जग्गासमेत किनिसकेका छन्,’ बुढाथोकीले भने।

उक्त जग्गा उनले केही वर्षअघि नै किनिसकेका थिए। जग्गा उनले श्रीमतीको नाममा राखेको प्रहरीलाई बयान दिएका छन्। खेलबहादुरले गोकर्णेश्वर नगरपालिकाको सुन्ताखान भन्ने ठाँउमा चार रोपनी १३ आनाको जग्गाको प्लटिङमा लगानीसमेत गरेको खुलेको छ। उनी अहिले सोही नगरको वडा १ मा बस्छन्।

प्लटिङमा खेलबहादुरसँगै उनकी दिदीले पनि लगानी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यो जग्गा अहिले उनकी दिदीको नाममा भएको हुँदा लुटपाटबाट किनिएको हो या होइन भन्ने पुष्टि भइसकेको छैन।

उनकी दिदी लुटपाटकै मुद्दामा २०६४ सालमा खेलबहादुरसँगै पक्राउ परेकी थिइन्। उनी त्यतिबेला धरौटीमा छुटेको इन्स्पेक्टर बुढाथोकीले बताए।

प्लटिङ जग्गा बेच्न उनीहरूले युट्युबमा भिडिओसमेत हालेको प्रहरीले भेटाएको छ। उक्त भिडिओमा प्लटिङ गरेको जग्गा बेच्न खेलबहादुरले आफ्नो नम्बरसमेत छाडेका छन्। रेलबहादुरले पनि तीन वर्षअघि जग्गा किनेर बेचिसकेको खुलेको छ।

उनीहरूले लुटेपछि भा ग्नको लागि प्रयोग गर्ने मोटरसाइकलसमेत त्यही पैसाबाट किनेको खुलेको छ। प्रहरीले उनीहरूका तीन वटा मोटरसाइकल ब रामद गरेको छ।

खेलबहादुरको गिरोहले वर्षौंदेखि शृङ्खलावद्ध रूपमै लुटपाट गरिरहेको भए पनि उनीहरू पक्राउ परेका थिएनन्। साउनअघि भक्तपुर परिसरमा लुटपाट भएको उजुरी परेको थिएन।

पहिलो घटना साउन ८ गते भएको थियो। त्यस घटनामा उनीहरूले मध्यपुर ठिमी-९ बोडेबाट तीन लाख लुटेका थिए। त्यसको दश दिनपछि १९ गते ठिमीमै चार लाख लुटेको प्रहरीमा उजुरी परेको थियो।

भदौ ३१ गते उनीहरूले बोडेबाट पाँच लाख लुटे।

असोज ६ गते फेरि भक्तपुरमै एक जना व्यक्तिबाट उनीहरूले ९ लाख ८० हजार लुटे। त्यसको दुई दिन नबित्दै ८ गते उनीहरूले अर्का व्यक्तिबाट पाँच लाख लुटे।

उक्त दिन प्रहरीले नाकाहरूमा कडाइ गरी खोजी तीव्र गरेको थियो। खोजी गर्दै जाँदा प्रहरीले खेलबहादुरसहित पाँच जनालाई शुक्रबार मध्यपुर ठिमी नगरपालिका-९ बाट पक्राउ गर्‍यो।

उनीहरूको समूहका सबैजना भने पक्राउ परिसकेका थिएनन्। साथीहरू पक्राउ परे पनि मंगलबार उनीहरूले पुरानै शैली अपनाएर लुटपाट गरे।

‘हामीले घटनाको कुरा थाहा पाउनबित्तिकै नाकाहरूमा कडाइ गर्‍यौं,’ इन्स्पेक्टर बुढाथोकीले भने,’अस्ति पक्राउ परेकाहरूले हामीलाई नाम-ठेगाना पहिले नै बताइसकेको थिए।’

लुटपाटपछि उनीहरू चाँगुनारायण नगरपालिका-८ मा पैसा बाँडिरहेका थिए। प्रहरीले २ जनााई पक्राउ गरे पनि एक जना भने आफ्नो भागको पैसा लिएर भागेका छन्।

खेलबहादुरको समूहले अरू धेरैलाई लुटपाट गरेको हुनसक्ने प्रहरीको दाबी छ। यसरी नै लुटपाट गरेको भए भक्तपुर प्रहरी परिसरमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।

लुटपाटमा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई प्रहरीले ठगीमा मुद्दा चलाउने भएको छ। – सेतोपाटीबाट

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति September 30, 2020
Loading...