ऐतिहासिक सिन्धुलीगढीमा एकिकरण संग्राहलय बन्ने निश्चित, डिजाइन तयार

काठमाण्डौं। ऐतिहासिक सिन्धुलीगढीमा नेपाली सेनाले राष्ट्रियस्तरको एकिकरण संग्राहलय बनाउने निश्चित भएको छ । सरकारले यसैपालि निर्माण सम्पन्न गर्नेगरी विनियोजन गरेको बजेटबाट नेपाली सेनाले आगामी ९ महिना भित्र संग्राहलय बनाउने जानकारी गराएको हो ।

आज रक्षा मन्त्रालयमा रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा प्रधान सेनापति सिन्धुलीका जनप्रतिनिधिहरु हरिवोल गजुरेल, कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, रक्षा सचिव, पर्यटन तथा नागरिक उड्ययन सचिव, नेपाली सेनाका जनरलहरुलाई बर्दबहिनी गणका गणपति राजीव थापालेयुद्ध संग्राहलयको परियोजनाबारे बिस्तृत विवरण पेश गर्नुभएको थियो । हिजो यस बिषयमा कमलामाई नगरपालिका प्रमुख खत्रीले प्रधान सेनापति संग सैनिक मुख्यालयमा लामो छ्लफल छलफल गरेका थिए ।

समग्र अध्ययन पश्चात रक्षामन्त्री पोखरेलले उक्त परियोजना स्वीकृत गर्नुभएको छ । रक्षा मन्त्री पोखरेलले यो महत्वपूर्ण र दुर्लभ अवसरलाई समयमै सम्पन्न गरी सिन्धुलीको मात्र नभइ समग्र राष्ट्रको लागि योगदान गर्ने अवसर सिन्धुलीलाई मिलेको बताउनु भयो । उक्त कार्यक्रममा संग्राहलयको डिजाइन सहित निर्माण गरिएको थ्रीडी म्यापिङ एनिमेशेन भिडियो पनि देखाइएको थियो । ग्राहलयको नक्सांकन, डिजाईन पुरातत्व विज्ञहरु सम्मिलित काठमाण्डौं स्थित मेगा सिभिल कन्सल्टेन्ट प्राईभेट लिमिटेडले तयार पारेको हो । मेगाले यस अघि लिग लिगकोट दरबारमा निर्माणाधिन संग्राहलयको नक्सांकन डिजाईन गरिसकेको छ । करिब ४९.२० बर्ग फिट क्षेत्रफलमा ६ कोठे एक तल्ले संग्राहलयको कुल लागत ४ करोड ५० लाख रुँपैया स्टेमेट गरिएको छ । संग्राहलयको आन्तरिक संरचनाहरु अनुसार लागत बढ्न सक्नेछ ।

संग्राहलय भित्र वृत चित्र मार्फत गढीको ऐतिहासिक सामरिक महत्व प्रर्दशन गर्न सकिने थिएटर, तत्कालिन समयमा घरेलु सेनाले प्रयोग गरेका हात हतियार, तोप, गोला, तत्कालिन युद्ध’कालिन समयमा घरेलु सेना र बिपक्षी सेनाको पोशाक प्रर्दशनका लागि काष्टेरिया, गढी अवलोकनका लागि आउने आन्तरिक वा पर्यटक एवंम अवलोकनकर्ताहरुले उपहार स्वरुप लान सक्ने बस्तुहरु उपलब्ध सोभनियर कक्ष लगायत रहने छन् ।

सिन्धुलीको बर्दबहिनी गण र ९ नं. बाहिनीले संयुक्त रुपमा संग्राहलय निर्माणको जिम्मा पाएको छ ।

 

र यो पनि पढ्नुहोस

सिन्धुली गढीको मुख्य दरबार ( ठुलो गढी ) प्रदेश सरकारले बनाउने

नेपाल सरकारले घोषणा गरेको नेपालको घुम्नै पर्ने १ सय गन्तव्य मध्येको एक ऐतिहासिक सिन्धुलीगढीको मुख्य दरबार ( ठुलो गढी ) प्रदेश नं ३ सरकारले बनाउने भएको छ । प्रदेश सरकारले बहुबर्षे योजनामा समेटेर सिन्धुलीगढीको मुख्य दरबार बनाउने भएको हो । मुख्य दरबारलाई जस्ताको त्यस्तै बनाउनका लागि प्रदेश सरकारले चालु आर्थिक बर्ष ४ करोड रुँपैया बजेट बिनियोजन गरेको छ ।

 

प्रकाशित मिति September 25, 2019
Loading...