प्रधानमन्त्रीले ‘गोजीका मान्छे’लाई राजदूत नियुक्त गरेपछि नेकपामा असन्तुष्टि

काठमाडौं, असोज १५ । राजदूत नियुक्तिका विषयलाई लिएर सत्तारुढ दल नेकपाभित्र असन्तुष्टि चुलिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा युवराज खतिवडालाई नेपालका लागि अमेरिकाका लागि र लोकदर्शन रेग्मीलाई नेपालका लागि बेलायतको राजदूत नियुक्त गरेपछि नेकपामा असन्तुष्टि चुलिएको हो।

प्रधानमन्त्री ओलीले पार्टीमा कुनै सल्लाह नै नगरी खतिवडा र रेग्मीलाई राजदूत नियूक्त गरेपछि ओलीइतरका नेताहरू आक्रोशित भएका हुन्। यसअघि बसेको नेकपा सचिवालय र स्थायी कमिटी बैठकका निर्णयलाई प्रधानमन्त्रीले पार्टीका निर्णय लत्याएको नेकपा नेताहरूले बताएका छन्।

नियुक्ति गर्दा पार्टीमा छलफल गरेर मात्र गर्ने प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्री ओलीले बिहीबार आफ्ना मान्छेलाई राजदूत नियुक्त गरेर लत्याएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललगायत नेताहरुले असन्तुष्टि पोखेका हुन्।

‘राजनीतिक नियुक्ति गर्नु पर्दा सचिवालय बैठकमा छलफल गरेर निर्णय गर्नुपर्छ भन्ने निर्णय भयो। प्रधानमन्त्रीज्यूले पनि त्यसमा सहमत जनाउनु भयो,’ एक सचिवालय सदस्यले भने, ‘आज प्रधानमन्त्री आफ्नै गोजीका मान्छेलाई राजदूत नियुक्त गर्नुभयो। प्रधानमन्त्रीज्यूले आफ्नो असली रुप फेरि देखाइहाल्नुभयो।’

प्रधानमन्त्री ओलीले गरेका नियुक्तका विषयमा पार्टीमा गम्भीर समीक्षा हुनु पर्ने ती सचिवालय सदस्यले बताए। हामीले पार्टीलाई एउटा विधि पद्धतिमा लग्नुपर्छ भन्छौं। प्रधानमन्त्रीज्यूले अप्ठयारो पर्दा हुन्छ त्यसै गरौ भन्नु हुन्छ,’ ती सचिवालय सदस्यले भने, ‘फेरि पार्टीमा विवाद साम्य भयो भन्ने बेला त्यही गल्ती दाहोर्‍याउनु हुन्छ।’

पार्टीको विधि पद्धति मिच्ने काम प्रधानमन्त्री ओलीले गरेकाले पार्टीभित्र गम्भीर छलफल हुनु पर्ने ती सचिलाय सदस्यले बताए।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 1, 2020
Loading...