ईश्वर पोखरेलका सम्धी कोइरालाले लिए वाणिज्य बैंकमा सपथ

काठमाडौं, असोज १५ । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यको रुपमा डा उपेन्द्र कोइरालाले सपथ लिएका छन् ।

बैंकको सञ्चालक समितिको अध्यक्षता गर्दै आएका सञ्चालक धनीराम शर्मासमक्ष कोइरालाले सपथ लिएका हुन् । बैंक स्रोतका अनुसार अब बस्ने सञ्चालक समिति बैठकले कोइरालालाई अध्यक्ष चयन गर्नेछ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी रहेका कोइरालालाई नियुक्ति दिएको भन्दै सार्वजनिक आलोचना भएपछि उनी बैंकको सञ्चालक समितिको अध्यक्ष चयन भएका छैनन् ।

तर उनले आफूलाई अध्यक्ष चयन नगरे सञ्चालक समिति सदस्य पनि नबस्ने भन्दै घु र्क्याएका बैंक स्रोत बताउँछ । उनले सपथ लिएपछि अब अध्यक्ष बन्ने पक्का भएको स्रोतको भनाइ छ ।                                                                                 

यसअघि कोइरालाले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति, खाद्य संस्थानको महाप्रवबन्धक, क्याम्पस प्रमुख, नेपाल आयल निगमको कार्यकारी अध्यक्ष, उच्च माध्यामिक शिक्षा परिषद्को उपाध्यक्षलगायतका नियुक्ति प्राप्त गरिसकेका छन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 1, 2020
Loading...