काठमाडौं, असोज १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको कोरोना भाइरस महामारीलाई प्रगतिको बाधक बन्न दिन नहुने बताएकी छन् ।
संयुक्त राष्ट्रसंघको ७५ औं महासभाको अवसरमा न्युर्योकमा आयोजित उच्चस्तरीय बैठकमा भर्चुअल माध्यमबाट नेपालका तर्फबाट सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् ।
उनले को रोना भाइरसको म हामारीले असमानताको जोखिमलाई अझ बढाएको बताइन् । सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले समयमै स्वास्थ्य स्याहार, खोपमा समान पहुँच एवम् महिला, किशोरी तथा बालिकाहरुको आर्थिक तथा सामाजिक आवश्यकताहरू सम्बोधन गर्न पुनर्लाभका योजना जरूरी रहेको औंल्याइन् ।
राष्ट्रपति भण्डारीले बेइजिङ घोषणा पत्र तथा कार्ययोजनाले महिला, किशोरी तथा बालिकाहरूको समानता र सशक्तीकरणका लागि रुपान्तरणकारी खाका प्रदान गरेको समेत उल्लेख गरिन् ।
काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।
प्रकाशित मिति October 2, 2020