no-image

 

असार २९ – सिन्धुली जिल्लाको घ्याङलेखमा निरन्तर बर्षाकाे कारणले बाटोमा जताततै पहिरो झरेपछी घ्याङ्लेख गाउपालिका वडा नं ३ आहालेकी बर्ष २५ कि सुनमाया भोलानलाई आज हेलिकप्टर मार्फत उद्दार गरिएको हो । लामो समयदेखि प्रसव बेथा लागेकी भोलनलाई हेलिकोप्टरमार्फत उद्दार गरी काठमाडौँ स्थित प्रशुती गृह थापाथलिमा पुर्याईएको छ। प्राथमिक स्वास्थ्य केन्द्रमै सुत्केरी गराउन गरिएको प्रयास सफल नभएपछि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको घ्याङलेखबाट दुर्गा सुनुवारले खबर24 लाई जानकारी दिनुभएको हो ।

प्रकाशित मिति July 14, 2019
Loading...