राष्ट्रिय युवासंघ सिन्धुलीको इन्चार्जमा मीन कुमार सह इन्चार्जमा पुस्पराज

सिन्धुली, असोज १६ । राष्ट्रिय यूवासंघ सिन्धुलीको ईन्चार्ज र सह ईन्चार्जको जिम्मेवारी टुंगो लगाएको छ ।

राष्ट्रिय युवा संघले जिल्लाका इन्चार्ज सह इन्चार्ज र विभागको टुंगो लगाएको हो । राष्ट्रिय युवा संघ सिन्धुलीको इन्चार्जमा मीन कुमार श्रेष्ठ र सह इन्चार्जमा पुस्पराज श्रेष्ठले जिम्मेवारी पाउनुभएको छ ।

राष्ट्रिय युवासंघ नेपालका अध्यक्ष राम प्रसाद सापकोटाले केन्द्रिय निकाय, विभाग र आयोगहरुको बाँडफाँड, जिल्ला, महानगर र उपमहानगरको नेतृत्वबारे निर्णय भएको जानकारी दिए ।

उहाँले एकताको यो विशाल संगठनमा निर्णित जिम्मेवारीहरुले इच्छा, भावना र योगदान समेटेको बताउनुभयो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 2, 2020
Loading...