प्रधानमन्त्री ओलीका दुई सल्लाहकारलाई कोरोना संक्रमण

काठमाडौं, असोज १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष सल्लाहकार विष्णु रिमाल तथा प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना पोजेटिभ देखिएको छ ।

पीसीआर परीक्षणका लागि दुवैको शुक्रबार स्वाव संकलन गरिएको थियो ।

विशेष सल्लाहकार रिमालले सामाजिक सञ्जाल ट्वीटमा लेखेका छन् , “हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजेटिभ देखियो, यसबीच मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछुँ ।”

प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “हिजोको पीसीआर परीक्षणले मलाई कोरोना पोजेटिभ देखियो, यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरुले विशेष सावधानी अपनाउन आग्रह गर्दछुँ ।”

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 3, 2020