सिन्धुलीका निजी विद्यालयले गरे पाँच महिनाको शुल्क मिनाहा

सिन्धुली, असोज १८ । सिन्धुली जिल्लाका निजी विद्यालयहरुले पाँच महिनाको शुल्क मिनाहा गर्ने निर्णय गरेका छन । प्याब्सन सिन्धुलीले आज पत्रकार सम्मेलन गरेर प्याब्सनमा आबद्ध सबै बिद्यालयले ०७७ बैशाख देखि ०७७ साल भदौ सम्मको महिनाको शुल्क मिनाहा गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

को रोना संक्रमणको सन्त्रास र लकडाउनले जिल्लाका निजी बिद्यालयहरु पनि प्रभावित भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाल सरकारले सबै शैक्षिक संस्थाहरु वन्द गरेको कारण विगत लामो समयदेखि विद्यालयहरु वन्द रहेको छ ।

यस्तै प्रत्यक्ष रुपमा विद्यार्थीहरुलाई पठन पाठनमा सहभागी गराउन नसक्दा उनीहरुको पठनपाठनमा पर्न जाने नकारात्मक असरप्रति आफुहरु चिन्तित रहेको विज्ञप्तीमा भनिएको छ ।

को रोनाको विषम परिस्थितिका बाबजुत निजी बिद्यालयहरुले असार महिना देखि अनलाइन कक्षा र रेडियोबाट क्लास संचालन गरिरहेको प्याब्सन सिन्धुलीका अध्यक्ष राजेश मास्केले जानकारी दिनुभयो । साथै कमलामाइ नगरपालिकाले रेडियो कक्षा संचालनका लागि सहयोग गरेको पनि उहाँले बताउनु भयो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 4, 2020
Loading...