बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलको गाडी तोडफोड, प्रहरीद्वारा हवाई फायर

बुटवल, असोज १८ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि बुटवलमा ढुङ्गा प्र हार भएको छ। आइतबार साँझ काठमाडौंबाट बुटवल आउँदै गरेका मुख्यमन्त्री पोखरेलको गाडीमाथि राजमार्ग चौराहमा ढुङ्गा प्र हार भएको हो।

प्रहरीले ढुङ्गा प्र हारमा संलग्न भएको भन्दै केही व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले केही रा उन्ड ह वाई फा यर समेत गरेको स्थानीयले बताएका छन्। अहिले घटनास्थलमा व्या पक सुरक्षाकर्मी परिचालन गरिएको छ।

मुख्यमन्त्री शंकर पोखरेल चढेको र अगुवा तथा पछुवाको गाडिमा समेत क्ष’ति भएको छ। प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी प्रस्ताव गरे लगत्तै नेपाली कांग्रेस सहित यस क्षेत्रका संघसंस्था आन्दोलित छन्।

 

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 4, 2020