राष्ट्रिय युवासंघ मरिण गाउँपालिकाको प्रथम भेला एवंम सपथग्रहण कार्यक्रम सम्पन्न

सिन्धुली, असोज १९ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट राष्ट्रिय युवा संघ सिन्धुलीको मरिण गाउँपालिकाको प्रथम भेला एवंम सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार कपिलाकोटमा गरिएको कार्यक्रममा राष्ट्रिय युवा संघ सिन्धुली जिल्ला संयोजक अबिरल मगरले मरिण गाउँपालिकाका युवाहरुलाई सपथग्रहण गराउनु भएको थियो ।

राष्ट्रिय युवा संघ मरिण गाउँपालिकाका अध्यक्ष सोम बहादुर बम्जनको अध्यक्षता तथा नेकपा केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला अध्यक्ष राजन दाहाल (लेखनाथ)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उल्लेख्य युवाहरुको सहभागीता रहेको थियो ।                                                     

गाउँपालिकाका युवाहरुलाई सुचारु अवस्थामै राख्न आयोजना गरिएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला अध्यक्ष राजन दाहाल(लेखनाथ)को प्रमुख आतिथ्यतामा तथा नेकपा सिन्धुलीका नेता ज्वाला प्रसाद न्यौपाने(पुकार),मरिण गाउँपालिका अध्यक्ष पानिराज बम्जन, राष्ट्रिय युवा संघ सिन्धुलीका अध्यक्ष भुल बहादुर राना मगर (अविरल) सहित स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रम अघि रास्ट्रीय युवा संघ मरिणले मोटरसाइकल र्यालीको समेत आयोजना गरेका थिए ।                                   

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 5, 2020