विराटनगरमा अस्पतालबाट हाम फालेका बिरामीको मृत्यु

विराटनगर, असोज १९ । विराटनगरमा अस्पताल भवनको दुई तलामाथिबाट हाम फा लेर घाइते भएका एक बिरामीको उपचारका क्रममा मृत्यु भएको छ।

विराट नर्सिङ होम, विराटनगर अस्पतालको दोस्रो तलाबाट हाम फालेका मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का करिब ५० वर्षीय अमृत गजमेरको मृ त्यु भएको हो।

‘उहाँ अस्पतालको दोस्रो तलाबाट हा म फाल्नुभएको रहेछ। उपचारकै क्रममा उहाँको सोमबार बिहान मृत्यु भयो,’ एसपी सन्तोष खड्काले भने।

गजमेरलाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको थियो। चिकित्सकहरूले बताएअनुसार गजमेर फोक्सोका बिरामी रहेको प्रहरीले बताएको छ।

उनको आ इसियूमा राखेर उपचार भइरहेको थियो।                   

उनले सोमबार बिहान करिब साढे ५ बजे अस्पतालबाट हाम फालेको प्रहरीले जनाएको छ। श व पो’स्टमा’र्टमको तयारी गरिएको प्रहरीले जनाएको छ।

उनले किन अस्पतालबाट हाम फालेका हुन् भन्नेबारे खुलेको छैन।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 5, 2020
Loading...