जंगलमा रुदै गरेको अवस्थामा बेवारिस शिशु भेटियो

सल्यान, असोज १९ । सल्यान जिल्ला शारदा नगरपालिका वडा न. २ मैसेपानी नजिकैको जंगलमा सोमबार बिहान एक शिशु बेवारिस अवस्थामा फेला परेका छन् ।

जंगलमा घुम्न गएका श्रीनगरका स्थानीयले रुँ दै गरेको बालक देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालक झन्डै ६ महिनाजति उमेरका रहेको र नजिकै एउटा झोलासमेत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।

आमाले बालकलाई बिहानपख छा डेर गएको हुन सक्ने प्रहरीको अनुमान छ । बालकलाई अहिले जिल्ला अस्पतालमा राखेर घटनाबारे अनुसन्धान भइरहेको थापाले जानकारी दिए । बालकको अवस्था सामान्यय रहेको जिल्ला अस्पतालले जनाएको छ ।                                                                     

सल्यानको शारदा नगरपालिका–२ मैसेपानीनजिकै बेवारिस अवस्थामा भेटिएका शिशु । तस्बिर : विप्लव महर्जन

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 5, 2020
Loading...