विद्यार्थी उपस्थित गराएर पढाए विद्यालयलाई कारबाही

सिन्धुली, असोज १९ । जिल्ला प्रशासन कार्यलय सिन्धुलीले जिल्ला भित्रका शैक्षिक संस्था संचालन नगर्ने आग्रह गरेको छ । जिल्लामा संक्रमणको दर उच्च रुपमा बढ्दै गएकाले जिल्ला भित्रका केहि स्थानमा विद्यालयहरुमा भौतिक रुपमै विद्यार्थीहरुको उपस्थितिमा पठन पाठन गर्न थालिएकाले बैल्कपिक शिक्षण सिकाई मार्फत शैक्षिक गतिविधि कायम राख्न आज एक सुचना निकालि अनुरोध गरिएको छ ।

नेपाल सरकारको भदौ २९ गतेको निर्णय अनुसार अर्को सुचना जारी नभएसम्म विद्यालय, क्याम्पस लगाएतको सबै प्रकारको शैक्षिक संस्था संचालन नगर्ने पाउने व्यवस्था गरिएको छ । बैल्कपिक शिक्षण सिकाई मार्फत शैक्षिक गतिविधि कायम राख्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “विद्यार्थी सिकाई सहजिकरण निदेशिका, २०७७ कार्यन्वयन गर्ने र सो को लागि मुख्य जिम्मेवार निकाय सम्बन्धीत पालिकाहरु तोकिएको जानकारी गराइएको छ ।

उक्त निदेशिका बमोजिम शिक्षण सिकाइका गतिविधिहरु संचालन गर्ने सम्पुर्ण पालिका र विद्यालय व्यवस्थापन समितिलाई सुचना मार्फत अनुरोध गरिएको छ ।

जटिल पस्थितिमा विद्यार्थीहरुको भौतिक उपस्थिति गरिने पठन पाठनले कोरोना भाइरसको संक्रमण फैलिरहेकाले जिल्लामा उपलब्ध स्वास्थ्य सेवाबाट यसको निरुपण गर्न नसकिने भएकाले यस्ता प्रकारका क्रियाकलाप नगर्न साथै नगराउनु अनुरोध गरिएको छ ।

यस्तै सम्बन्धीत पालिकालाई विद्यालयहरुको संचालन सम्बन्धमा प्रभावकारी अनुगम गरि आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ । विद्यालय संचालन लगाएतका गतिविधिहरुबाट संक्रमण फैलिन गएमा सो को सम्पूर्ण जिम्मेवारी सम्बन्धीत विद्यालय र विद्यालय व्यवस्थापन समितिमा रहने सुचनामा उल्लेख गरिएको छ ।

उक्त काम कारबाही गरे गराएको पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने सुचना मार्फत जानकारी गराइएको छ ।

 

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 5, 2020
Loading...