काठमाडौं उपत्यकामा थपिए १५३१ कोरोना संक्रमित, थप १२ जनाको मृत्यु

काठमाडौं, असोज १९ । पछिल्लो २४ घण्टामा उपत्यकामा थप १ हजार ५ सय ३१जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११७८, ललितपुरमा २५०, भक्तपुरमा १०३ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा को रोना संक्रमणबाट थप १२ जनाको मृ त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ जना महिला र ६ जना पुरुष तथा ललितपुरमा ३ जना पुरुषको संक्रमणबाट मृ त्यु भएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 5, 2020
Loading...