नुवाकोटकी एक महिलाले एकैपटक पाँच शिशुलाई जन्म दिइन्

काठमाडौं,असोज १९ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा २८ वर्षीया एक महिलाले एकैपटक पाँच जना शिशु जन्म दिनुभएको छ ।

नुवाकोटकी सोमिका तामाङले एकैपटक पाँच जना शिशुलाई जन्म दिनुभएको हो । अस्पतालकी निर्देशक डा. संगिता मिश्राले पाँचमध्ये चार जना जीवित रहेको जानकारी दिनुभयो । २८ हप्तामा नै एक जना बच्चा पेट भित्र मृ त्यु भएको जानकारी दिनुभयो ।

भिडियो एक्सरे गर्दा नै थाहा पाएका थियौं कि एउटा बच्चा म’रेको छ भन्ने डा. मिश्राले भन्नुभयो तर पेटमा पानी जमेकोले श’ल्यक्रिया गरेर बच्चा निकालेको बताउनुभयो । उहाँले तीनवटा बच्चालाई आमालाई दिइसकेको जानकारी दिनुयो । ती बच्चा एककेजी ६ सय ग्राम देखि एक केजी नौसय ग्रामसम्मका छन् । आठसय ग्रामको बच्चालाई भने आ इसियुमा राखिएको छ ।                                                       

अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा चिकित्सक टोलीले सोमबार विहान शल्यक्रिया गरेपछि शिशुहरु जन्मिएका हुन् । डा. सुदेदीले जन्मिएका शिशुहरु जीवित चार जना छोरी रहेको बताउनुभयो ।

अहिले जीवित शिशुहरुलाई आ इसीयू अव्जरभेसनमा राखिएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य छ । उहँले पेटमा पानी जमेकोले ३२ हप्तामा शल्यक्रिया गर्नुपरेको बताउनुभयो ।

शल्यक्रियामा डा. सुवेदीको नेतृत्वमा डा. दिप्ती श्रेष्ठ, डा.नमिता सिङदेन हुनुहुन्थ्यो भने एनेस्थेसियामा डा. मुकेशकुमार हुनुहुन्थ्यो । त्यस्तै, नर्सिङ टिमको नेतृत्व रविना प्रजापतीले गर्नुभएको थियो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 5, 2020
Loading...