डा. केसी बाँच्नुपर्छ, तुरुन्त वार्ता गर : बाबुराम भट्टराई

काठमाडौं, असोज २० । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् ।

डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि सरकारले वार्ताको पहलसमेत नगरेको डा. भट्टराईको भनाइ छ ।

सरकारको यो बेवास्ताप्रति डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘२३ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ ? यो क्रि मिनल ने ग्लिजेन्स हैन ?’

डा. भट्टराई थप लेख्छन्, ‘तुरुन्त वार्ता गर, समाधान खोज । डा. केसी बाँच्नुपर्छ ।’

 

नेपाली उखान ‘मूर्खदेखि दैव डरा’ उल्लेख गर्दै भट्टराईले भनेका छन्, ‘कुर्सीमा बस्ने मू र्ख झन् ड रलाग्दो हुन्छ । सबै चेतौं !’

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 6, 2020
Loading...