नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं, असोज २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक अपरान्ह चार बजेका लागि बालुवाटारमा बोलाइएको छ । यसअघि आइतवार नै बैठक बस्ने तय भएपनि तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।

हिजो पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलपछि बैठक बोलाइएको हो । सचिवालय बैठकको चारवटा कार्यसूची यसअघि नै तय भइसकेका छन् ।

बैठकमा मन्त्रीमण्डल पुर्नगठन, राजदूत नियुक्तिपछि देखिएको विवाद, मन्त्रीमण्डल पुर्नगठन, पार्टी एकताका बाँकी काम लगायतका विषयमा कुराकानी हुने बताइएको छ । बैठकमा राजधानी विषयमा प्रदेश पाँचमा भइरहेको आन्दोलनका विषयमा समेत छलफल हुने अनुमान छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 6, 2020
Loading...