सिन्धुली अस्पताल अनिश्चितकालका लागि बन्द

सिन्धुली, असोज २१ । सिन्धुली जिल्ला अस्पतालमा आ कस्मिक र प्रसुती सेवा बाहेक सम्पुर्ण सेवा बन्द भएको छ ।

अस्पतालमा कार्यरत केही कर्मचारिहरुलाइ कोरोना पोजेटिभ देखिए पछि मंगलवार एक सूचना जारी गर्दै अस्पतालले आ कस्मिक र प्रसुती सेवा बाहेकका सवै सेवा बन्द भएको जानकारी गराएको हो ।

अस्पताल प्रशासनले जारी गरेको सुचनामा भनिएको छ, “हालसालै गरिएको कोभिड टेस्ट्मा सिन्धुली अस्पतालमा कार्यरत केही कर्मचारिहरुलाइ पोजेटिभ देखिएको हुँदा उपचारको क्रममा सेवाग्राहिलाइ समेत संक्रमण सर्न सक्ने हुँदा अर्को सुचना प्रकाशन नगरे सम्मको लागि अस्पतालको आकस्मिक र प्रसुती सेवा बाहेक सम्पुर्ण सेवा बन्द गरिएको ब्यहोरा जानकारी गराउन चाहन्छौ । साथै यसबाट अस्पताल बन्द रहँदा पर्न जाने असुविधा प्रति अस्पताल परिवार क्ष माप्रार्थी छ ।”

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 7, 2020