सिन्धुलीमा पुष्पा मृत्यु प्रकरण : ह त्याकी आ त्मह त्या ?

सिन्धुली, असोज २१ । सिन्धुलीको कमलामाई नगरपालिका- २ चियाबारीकी १९ वर्षीया पुष्पा भुजेलको मृत्यु प्रकरण रहस्यमय बनेको छ। परिवार र आफन्तले उनको मृत्यु अ स्वभाविक भएको भन्दै निष्पक्ष छानविनको मागसमेत गरेका छन्।

गएको असोज १६ गते राति आफ्नै घरमा सलको पा सो लगाई आ त्मह त्या गरेकी भनिएकी भुजेलको श वसमेत माईति पक्षलाई हेर्न नदिई ज लाएपछि घटना थप रहस्यमय बनेको हो। उनको आ त्मह त्यानै भएको परिवारका सदस्यले बताइरहेका बेला युवतीको माइती पक्षले भने आ त्मह त्या नभई ह त्यानै भएको दावी गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जा हेरीसमेत दिएपछि घटनाले अर्कै मोड लिएको छ।

सुरुमा (पुष्पाको श्रीमान) गोपी थापाले राती २:३० बजे पुष्पाको एक आफन्तलाई फोन गरेर पुष्पाको पे’ट फु’लेको र धेरै बिमारी भएको भन्दै गाडी लिएर आउन खबर गरेका थिए। तर, बहिनी बिरामी भएको थाहा पाएपछि गाडी लिएर चियाबारी पुग्दा पुष्पाको मृ त्यु भइसकेको र अस्पताल ल्याएपछि पुष्पाले आ त्मह त्या गरेको बताएपछि बहिनीको ह त्या भएको दावी गरिएको पुष्पाको दाजु पवन भुजेलले बताए।

पुष्पा र गोपीबीच साढे २ महिना अघिमात्र भागेर प्रेम विवाह भएको थियो। सुरुमा बिरामी भएको भनिएपनि अस्पतालमा आएपछि आ त्मह त्या गरेको दावी गरिएपछि माइती पक्ष ससंकित भएका थिए।

घटनास्थलमा मु चुल्का उठाउन पुगेको प्रहरी टोलीले समेत घटना शं कास्पद भएको र जाहेरी दिन भनेपछि पुष्पाको श्रीमान र उनको शव अस्पतालसम्म ल्याउन सहयोग गरेका अन्य चार जना गरी पाँच जनाको नामा कि टानी जा हेरी दिँदा प्रहरीले नै जाहेरी नलिएको पवनको भनाई छ।

उनले भने, ‘बहिनीको श व अस्पतालमा ल्याउँदा हामी सबै जम्मा भएका थियौं। केटा पक्षले बहिनीको श वसमेत हेर्न नदिएर श व घरमा थुनेर राखेपछि ज बरजस्त श व हेर्न खोज्दा प्रहरीले समेत रोक्यो,’ उनले भने।

जाहेरी लेखाउन लगाएको वकिललाई समेत प्रहरी कार्यालयबाट फोन गरेर जाहेरी नलेख्न द वाब आएको उनको भनाई छ। पो ष्टमार्टमपछि पनि माइती पक्षलाई श व हेर्न नदिएको बताइएको छ। ‘मृतक पुष्पा झुण्डिएको सल लाइटर लगाएर ड डाइएको छ।

उसको मुख, कान र आँखाबाट र गत ब गेको अवस्थामा कपाल पुरै भिजेको देखिन्थ्यो। केटाको ढाडमा को तरेको घा उहरु छन्। घटनास्थलमा बहिनीको गहना फुत्किएको अवस्थामा छ यस्तो प्रकृतिको घटना कसरी आ त्म ह त्या हुन सक्छ ?’ पवनले प्रति प्रश्न गरे।

घटनाको दोस्रो दिन पो ष्टमार्टम गरिएपनि श वलाई सिन्धुली अस्पतालमा माइती पक्षका आफन्तजलाई देख्न र फोटोसमेत खिच्न नदिई पोष्ट मार्टमपछि लगेर ज लाइएको बताइएको छ। उता केटा पक्षले भने पुष्पाले आ त्म ह त्यानै गरेको दावी गर्दै आएका छन्।

तर, घटना भएको राती छिमेकीहरु समेत कसैलाई थाहै नदिई अस्पताल ल्याउनु केही रहस्यमयनै भएको र आफूहरुले ग म्भीर भएर अ नुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सिन्धुलीकी प्रहरी प्रमुख एसपी रन्जु सिग्देलले मृ तकको माइती पक्षले भने झैं प्रहरी कसैको दवाबमा नपरेको बताउँदै घटना केही शं कास्पद भएकोले आफूहरु सचेततापुर्वक अनुसन्धानमा लागेको बताइन्। उनले भनिन्, ‘प्रारम्भिक पो ष्टमार्टमको रिपोर्ट आएको छ।

तर हामी अझै कन्फर्म हुन केही स्वा बहरु समेत सं कलन गरेर काठमाण्डौं पठाएका छौं। त्यसकोसमेत रिपोर्ट आएपछि मात्र घटनाबारे एकिन गर्न सकिन्छ।’

एसपी सिग्देलका अनुसार घटनापछि माइतीपक्षले दिएको जाहेरीका आधारमा मृ तकका श्रीमान गोपी थापालाई अनुसन्धानका लागि नि यन्त्रणमा लिइएको छ। – अन्नपूर्ण पोस्टबाट

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

 

प्रकाशित मिति October 8, 2020
Loading...