सिन्धुलीको दुधौली नगरपालिकाद्वारा १० दिन सर्टडाउन घोषणा

सिन्धुली, असोज २२। सिन्धुलीको दुधौली नगरपालिकाले आजको मितिदेखी कार्तिक १ गतेसम्म (१० दिन) को लागि सर्टडाउन घोषणा गरेको छ ।

कोभिड १९ को संक्रमण देशव्यापीरुपमा बढ्दै गएसँगै यसलाई फैलिन नदिनको सर्टडाउन घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।

आज दुधौली नगरपालिकाद्वारा जारी सुचनामा आजकै मितिदेखी नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, नगर भित्रका सम्पुर्ण सरकारी तथा गैर सरकारी कार्यालयहरु, निजि र सरकारी विद्यालयहरु, वैंक तथा वित्तिय सँस्थाहरुबाट दिने सेवाहरु वन्द हुने जानकारी गराइएको छ ।

साथै नगरवासीहरुलाई पनि अनिवार्य मास्क लगाउन, सामाजिक दुरी कायम गर्न र अत्यावश्यक काम बाहेक वाहिर हिडडुल नगर्न समेत नगरपालिकाद्वारा जारी गरिएको सूचनामा अनुरोध गरिएको छ ।                                                         

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 8, 2020