सिन्धुलीमा पुष्पा मृत्यु प्रकरण : प्रत्यक्षदर्शीको कुरा फरक-फरक

सिन्धुली, असोज २३ ।  यहि असोज १६ गते बिहान २ः ३० बजे कमलामाई नगरपालिका वडा नम्बर २ चियाबारीमा पुष्पा भुजेलको र हस्यमय मृ त्यु भयो । मृ तक । पुष्पाको माईति पक्षले पुष्पाको ह त्या गरीएको भनिरहेको छ ।

यता श्रीमान पक्षले आ’त्मह’त्या नै गरिएको भनि दाबि गरीरहेको छ । पुष्पा र गोपि बिच प्रेम सम्बन्ध भई गत असार २६ गते एक मन्दिरमा बिवाह गरेका थिए । यता माईति पक्षले भने स्विकार गरेको अबस्था थिएन । यतिकैमा शुक्रबार राति पुष्पाको मृ त्यु भयो । यसैबिच उक्त घटनाका प्रत्यक्षदर्शीहरु कुराहरु यहाँ प्रस्तुत गरेका छौ । सुरुमा अस्पताल सम्म पुर्याउन सहयोग गर्नु भएको पुष्पाको दाई दिवश कार्कीको अनुभब :

सिन्धुलीको कमलामाई नगरपालिका मधुटारमा मेरो साथि र म आफ्नै कोठामा सुतिरहेको थिए । मस्त निन्द्रामा ए क्कासि फोनको घण्टि निरन्तर बजिरह्यो । उठेर मोबाईल हेरे । मोवाईलमा बहिनी पुष्पाको फोन आईरहेको थियो । त्यतिवेला करिब बिहानको २ : ३० बजेको थियो । म अचम्ममा परे यति राति बहिनीको फोन किन आयो ।

मैले फोन उठाए उताबाट केटाको आवाज आयो दाई पुष्पाको पे’ट फु लेर गा रो भईरहेको छ तपाई जसरी पनि गाडी लिएर आउनु हस्पिटल लानुपर्‍यो । मैले भने मेरो गाडी अहिले छैन के गर्नु त । उताबाट ह तारीएर भनिरहेको थियो जसरी पनि आउनु उस्लाई गा रो भईरहेको छ ।

अब मैले के गर्ने मलाई स मस्या पर्‍यो । मेरो साथिको गाडीमा काम गर्ने सह चालक संयोग बस त्यो दिन म संगै सुतेको थियो । साथिको पनि बिहान ६ बजेको गाडिको क्यु थियो । साथिलाई गाडि लिएर जान्छु भन्दा नदिन सक्छ भन्ने सोचआयो । मैले मेरो साथिलाई पनि जानकारी नगराई म त्यहाबाट साथिको गाडिको चाबि लिएर निस्किए । गाडि बसपार्कमा थियो । मैले बसपार्कबाट साथिको गाडी लिएर बहिनि पुस्पाको घर चियाबारी गए ।

मलाई बहिनीको घर थाहा थिएन । म गाडि लिएर माथिल्लो घुम्ति पुगि सकेछु । फोन गरेर का हो भने, फर्केर तल्लो घुम्तिमा आउनु भने । मैले गाडी फर्काएर ल्याए, अलिपर मैले कालो मान्छेको थुम्प्रो जस्तै देखेँ त्येहि होला भनेर मैले रोके । त्यहानिर पाँच जना पुरुष र एक जना महिला रैछ ।

मैले गाडी रोकेर भुईमा झर्न नपाई गाडीको ढोका खोलेर ह तारमा बहिनीलाई हाल्यो । ज्वाई गोपि थापा सहित चार जना केटा र एक महिला पनि गाडीमै चढ्यो । मैले ज्वाई बाहेक अरु कसैलाई पनि चिनेको थिएन । गाडीमा आउदा सबै चुपचाप थियो । अनि मैले बाटोमा बहिनीलाई बोलाए बहिनी कस्तो छ तिमीलाई ? पछाडी बाट कसैले भन्दै थियो.. पुष्पा वे होस छ बोल्न सक्दैन । त्यस पछि मैले बोलाउन छाडे , झन गाडीलाई ई स्पिड गरे ।

सिधै मैले सिन्धुली अस्पतालको इ मर्जेन्सी कक्षमा लगे । अस्पताल अगाडी गाडी रोक्न नपाई केटाहरुले हतारमा बहिनीलाई झा रिहाल्यो । तिनजना केटाहरुले बहिनीको कम्मर देखि माथितिर समातेर झार्यो । बहिनीको खुट्टा भुईमा ल त्रिएको थियो । मैले पनि हतारमा खुट्टा समाएर इ मर्जेन्सी कक्षमा लगे । त्यहा बाट नर्सले तपाईहरु बाहिर जानु बाहिर जानु भने ।

पहिला एउटा केटा बाहिर निस्कियो, मलाई अर्को एउटा केटाले पछाडीबाट सरिरले ध केल्दै बाहिर निकाल्यो । म बाहिर निस्किदा म भन्दा अगाडी निस्कने ब्यक्तिले फोनमा बोल्दै गोपिको श्रीमतीले त सु साईड गरेछ नी भन्ने आवाज सुनियो । त्यतिनै वेला भित्रबाट नर्सले पनि मृ त्यु भईसकेको मान्छेलाई किन ल्याएको भन्ने आवाज सुनियो ।

त्यस पछि मेरो दि माखले काम गरेन । तो रीको फुल देखेको जस्तो भानभयो । आँखाहरु ति र्रमिरायो । बोल्न खोज्दा आवाज आएन । म उभिएर बस्न सकिन, त्यहि थ चक्क बसे । कोहि कसैले मलाई उठायो । साईडमा कालोबोरा जस्तो थियो । एकछिन त्यही उभिए । बहिनीलाई हेर्न गए हेर्न सकिन । मैले बहिनिको घर सानिमाको छोरा माईलो पवन लाई फोन गरे मोबाईल अफ रहेछ । त्यस पछि जेठा जिवनलाई गरे, सानिमालाई फोन गरे, काठमाण्डौमा रहेको भाईहरुलाई फोन गरे । बहिनीको बारेमा भने । त्यतिवेला सम्म म मा बो ल्न सक्ने कुनै शक्तिनै थिएन ।

मैले कसरी बहिनीले आ’त्मह’त्या गर्‍यो भनेर पत्याउनु, पत्याउने कुनै आधारनै थिएन । किनकी घट्ना घटेको १५ गते राति ८ बजे बहिनी र मेरो फोनमा सम्वाद भएको थियो । बहिनीले भनेकी थिई भोली बिहान तपाईकोमा खाना खाने गरी आउछु । अनि मैले कसरी विश्वास गरु बहिनीले आ’त्मह’त्या गरि भनेर ।

फेरी मलाई किन ढाँ टेर बोलाईयो बहिनीको पे ट फुलेको छ, सास फेर्न गा रो भाको छ भनेर । अहिले आ’त्मह’त्या भनिरहेको छ । मैले हस्पिटलमा श्रीमानलाई सोधे बहिनीलाई के गरी मा’री’स ? आफै झु ण्डेर म रेको उनको जवाफ थियो । मैले फेरि सोधे मलाई किन ढाँ टेर बोलाको ? जावाफ केहि आएन, रो एर बसिरह्यो । दिबस कार्की भन्नु हुन्छ मलाई अ चम्म त के लाग्छ भनेनी त्येत्रो बाटो आउदा चु पचाप बसे, आफ्नै श्रीमती मृ त्यु हुदा पनि रो एकै थिएन । हस्पिटलमा रो एको नाटक गर्दै थियो ।

पुष्पाको ह त्या नै गरेको हो । मलाई बोलाएर फ साउन खोजियोे । गाडीको लागिनै हो भने चिया बारीमा अटो थिएन र ? अझ मैले बाईकमा ल्याउनु पनि भनेको थिए मानेन । यदि ह त्या हैन भने मलाई किन ढाँ टेर बोलाईयो । बास्तबिक कुरा मलाई त्यतीबेला किन भनेन कार्की भन्नु हुन्छ । अर्को कुरा गाडीमा संगै आएको केटाहरु पनि सद्धे थिएन, सबैजना ला गु पदार्थ से वन गरी मा तिएको अबस्थामा थियोे उहाले भन्नुभयो ।

त्यस्तै माईति पक्षको दाई पवन भजेल ले पनि बहिनीको ह त्या नै गरिएको बताएका छन । हस्पिटलमा बहिनीलाई भेट्न नदिनु, जाहेरी दर्ता लिन नमान्नु, बहिनीको नाक,कान मुखबाट र गत आउनु, श्रीमानको शरिरमा को तारिएको चो टहरु देखिनु, बहिनीको कानमा लगाईएको गहना भुईमा छरीएको अबस्थामा हुनु, छरछिमेकलाई त्येतिवेला घट्नाको बारेमा जानकारी नहुनुले ह त्या गरेको अथाह प्रमाण रहेको बताउनु भयो ।

पावर र पहुचको भरमा रहेर ह त्यारालाई जोगाउने काम भईरहेकोले कोहि कसैलाई ह त्यारा को संरक्षण गर्ने छुट नभएको भुजेलले बताउनु भयो । सत्य तथ्य र निश्पक्ष छानबिन गरी दो सि लाई कारबाहि हुनु पर्ने पनि उहा बताउनुहुन्छ ।

यता पिडीत पक्ष अर्थात पुष्पाको सासु हरिमाया थापाले आ’त्मह’त्यानै गरेको बताएकी छिन । घटना घटेको घरमा आफु नभएको भए पनि छोराले राति फोन गरेर पुष्पाले झु ण्डिीएर आ’त्मह’त्या गर्‍यो आउनु भने पछि म बसेको होटलबाट घटनास्थलमा गए । घरमा पुग्दा छोराले बुहारीलाई अंगालेर रो इरहेको थियो । मैले एम्बुलेन्स बोलाउभन्दा, छोराले दाई गाडी लिएर आउदै हुनुहुन्छ भने ।

त्यसपछि गाडी आयो मैले छोरा बुहारी सहित केहि छिमेकीलाई गाडीमा हालेर पठाईदिए । साथमा पैसा नभएको कारण पसलबाट पैसा लिएर पछि म हस्पिटलमा गए । उहा भन्नुहुन्छ अब मैले कसरी भनौ हजुर देखेको हैन । छोराले आ त्मह त्यानै गरेको भनेको छ । घट्ना हेर्दा पनि आ त्मह त्यानै हो । फेरी मेरो छोरा ह त्या गर्ने खालको पनि थिएन । मेरो छोराले ह त्या गरेर झु ण्याउने सक्ने स्थिति पनि छैन । छोरा भन्दा बुहारी धेरै नै मोटी थियो कसरी झु न्ड्याउने त्यो पनि त बुज्नु पर्‍यो ।

त्यतिकै ह त्या गरेको भन्न कहाँपाईन्छ ? मेरो घरमा छोरी छैन आफ्नै छोरी जसरी राखेको थिए । छोराले पनि कुनै गा रो काम गर्न दिदैन थियो । उसले कसरी ह त्या गर्छ सोच्न पनि सक्दिन ।

त्यस्तै श्रीमान थापाको काका टलक थापाले माईति पक्षले लगाईएको आ रोप सरसर झु’ट रहेको बताएका छन् । माईती पक्ष अहिले सम्म घटना स्थालमा नगई छरछिमेकी संग नबुझी ह त्या गरीएको आ रोप लगाएको बताउनु भयो । माईती पक्षले ला स ज लाउने वेलामा अर्को एउटा खा’ल्डो खनेको बहिनी दुई जिउको रहेको कुरा जानकारी नगराईएको भन्ने पनि ग लत रहेको बताउनु भयो ।

उहाले भन्नु भयो हाम्रो संस्कार अनुसार ज लाउदा ला सको सानो भागलाई अ स्तु गा ड्ने प्रचलन रहेकोले अ स्तु गा ड्न खाडल खनेको हो । त्येस्तै कुरालाई लिएर ह त्या गरेको भनिरहेको छ । श्रीमान गोपिको ढाँडमा को तारीएको डा महरु भन्ने पनि छ । भतिजको ढाँडमा चो ट छ त्यो हामि स्विकार गर्छौ । तर त्यो चो ट को तारीएको नभई पुष्पालाई अस्पताल लान रोडसम्म लाने क्रममा अँध्यारोमा ल डेर चो ट लागेको हो ।

एता गाडीमा संगै आएको भनिएको एक महिला, श्रीमान थापाको अंकलको छोरी सुचना थापाले दाई दिवश कार्कीले गलत कुरा गरेको बताउनु भयो । गाडीमा पुष्पालाई हाल्ने वेलामा बाहिर निस्कन नपाई हतार गरेर हालेको भन्ने सत्य नभएको बताईन । अरुले मात्रै गाडीमा हाल्न नसके पछि उहाले नी उचालेर हालेको छ पुष्पा भाउजुलाई । त्यतिवेला म आफै स्वयमले उज्यालो बक्ति देखाएको थिए । अहिले उहा झरेको छैन भन्नु हुन्छ म कसरी प त्याउनु ।

त्येस्तै सिन्धुली प्रहरी प्रमुख एस्पी रन्जु सिग्देलका अनुसार मृतक पुष्पाको श्रीमान गोपि थापालाई नि यन्त्रणमा लिएको छ । थप अनुसन्धानको लागि ७ दिनको म्याद थप गरी अनुसन्धान गरीरहेको जानकारी दिनुभएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 9, 2020
Loading...