उत्तर कोरियाद्वारा सबैभन्दा ठूलो सैन्य परेडको तयारी

एजेन्सी : उत्तर कोरियाले सबैभन्दा ठूलो सैन्य परेडको तयारी गरेको छ । वर्कर्स पार्टीको ७५ औं वर्षगाँठको अबसर पारेर सैन्य परेडको तयारी गरिएको हो । अमेरिकामा राष्ट्रपतिको निर्वाचन नजिकिदै गएका बेला प्योङयाङले पुनः आफ्नो शक्ति प्रदर्शन गर्न लागेको हो ।

विश्वविद्यालयका अनुसन्धानकर्ताहरु समेत उक्त परेडमा सहभागी हुने बताइएको छ । उत्तर कोरियाले आ णविक ह तियार परीक्षणको समेत तयारी गरेको हुन सक्ने अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१८ मा अमेरिकासँग वार्ता गरेयता उत्तर कोरियाले सैन्य शक्ति प्रदर्शनका क्रममा आ णविक ह तियारहरुको प्रर्दशन गरेको थिएन । फेब्रुअरीमा वार्ता भंग भएपछि उसले छोटो दूरीका ब्या लेस्टिक मि साइल परीक्षणको क्रमलाई निरन्तरता दिएको छ ।                                                                       

 

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 9, 2020