सिन्धुलीमा एकैदिन ४३ जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली, असोज २३ । सिन्धुली जिल्लामा एकै दिन ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या जिल्लाको अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भएको संख्या हो ।

जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष प्रलाद कुमार पोखरेलका अनुसार १२३ जनाको पिसिआर परिक्षण गर्दा ४३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

पोखरेलका अनुसार अझै केहिको रिपोर्ट आउन बाकी रहेकाले यो संख्या अझै बढ्न सक्ने बताएका छन् । केहि दिन अघि मात्रै सिन्धुलीका २६ जनामा संक्रमण पुष्ठि भएको थियो ।                 

जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार आज सम्मको कोरोना अपडेटको अवस्था येस्तो छ –

जम्मा क्वारेन्टाईन बेड संख्या – ३९२
जम्मा आइसोलेसन बेड संख्या -४३
आज संस्थागत क्वारेन्टाईनमा रहेका जम्मा ब्यक्ती – ५०
आज होम क्वारेन्टाईनमा रहेका जम्मा ब्यक्ती – ५
हाल सम्म पिसिआर परिक्षणका लागी स्वा ब पठाईएको – ३३३०
हाल सम्म पिसिआर पोजेटीभ – १८७
पिसिआर को नतिजा आउन बाकी – ९२
सिन्धुली/ एपोलो अस्पतालको आईसोलेसनमा उपचाररत संक्रमितहरुको संख्या -१९ जना
होम आईसोलेसनमा बसिरहेका संक्रमितहरुको संख्या – ४७ जना

स्रोत : जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुली

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 9, 2020
Loading...