महरालाई बाबुरामको भाबुक पत्र : गल्ती गर्नुभएको हो भने खुल्ला रुपले स्विकार्नुस्

संघिय समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पुर्ब सहयात्री तथा बलात्कारको आरोपमा पद बाट राजीनामा दिएका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई एक भाबुक पत्र लेखेका छन् । भट्टराईले महरा संग सम्बन्धित घटनाले आफू अत्यन्तै मर्माहत भएको पत्रमा बताएका छन् । उनले महरा संगको २० वर्ष लामो राजनीतिक सहयात्राको क्रम भएका विभिन्न कुराहरुलाई सम्झिएका छन् ।

 

भट्टराईले महरालाई विगतमा उच्च नैतिकवान र इमानदार नेताको रुपमा र पार्टीमा संगै हुदा एक आदर्श ब्यक्तिको रुपमा आफुले लिने गरेको खुलाएका छन् । साथै उनले महरालाई भनेका छन तपाईं दोषी हुनुहुन्छ वा हुनुहुन्न म किटेर भन्न सक्दिन, तर अहिलेसम्म बाहिर आएका कुराबाट शंकाको सुई तपाईंतिर सोझिन्छ भनेका छन । यौन मामिलामा महान् व्यक्तित्वहरू पनि कसरी चुक्छन् भन्नेवारे स्कूलमा पढ्दा गुरूले सुनाएको संस्कृत श्लोक पनि पत्रमा उल्लेख गरेका छन । र अन्त्यमा उनले महरालाई भनेका छन यदि जानेर वा नजानेर गल्ती वा अपराध भएको हो भने त्यसलाई खुला रूपले स्वीकार्नु तपाईं स्वयम्को हितमा हुनेछ।भनिन्छ- गल्ती गर्नु अपराध हैन; गल्ती नसच्याउनु अप*राध हो भन्दै पत्र टुङ्याएका छन ।

भट्टराईले महरालाई लेखेको पत्र जस्ताको तस्तै :

प्रिय महराजी,हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रीय जगत पनि तरंगित त छँदैछ म…

Posted by Dr. Baburam Bhattarai on Friday, 4 October 2019

प्रकाशित मिति October 4, 2019
Loading...