रोटर्याक्ट क्लब सिन्धुलीगढीद्वारा रक्तमाला मन्दिर परिसर सरसफाइ

सिन्धुली, असोज २४ । रोटर्याक्ट क्लब सिन्धुली गढिले शनिबार सिन्धुलीको कमलामाइ ४ मा रहेको रक्तमाला मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबका अध्यक्ष सुजिता खडकाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साइकल क्लब सिन्धुली र सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीका गरि करिब दुई दर्जन नागरिकको सहभागिता रहेको थियो । सरसफाइ अभियान कार्यक्रम बिहान ८ बजे सुरु भई ९ बजे सकिएको थियो ।

कमलामाइ ४ का वडा अध्यक्ष एबम रक्तमाला मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष महेन्द्र ढकालले बडा दशैंको पुर्ब सन्ध्यामा रक्तमाला मन्दिर सरसफाई कार्यक्रम आयोजना गरेर युवाहरूले गरेको सहयोग सराहनीय भएको बताए ।

उनले फुलपातीका दिन आयोजना गरिने बढाइ कार्यक्रममा तामझामका कलश यात्रा र सास्कृतिक कार्यक्रम हटाइएको जानकारी दिए । यो पाली सरकारले जारी गरेको स्वास्थ मापदण्ड पालना गर्दै बैदिक कार्यक्रम गरिने पनि ढकालले जानकारी दिए ।

सरसफाइ कार्यक्रममा सहभागी अभियन्ताहरुलाई धुरा मिलन चोक बाटोमा रहेको अजिमा क्याफेले निशुल्क कफीको ब्यबस्था गरेको थियो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 10, 2020
Loading...