ओली र प्रचण्ड विच थप्ने र हटाउने मन्त्रीमा कुरा मिलेन

काठमाडौं, असोज २४ । मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइ हुने देखिएको छ । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीचको आजको भेटवार्ता बिना निष्कर्ष सकिएको छ ।

दुई अध्यक्ष विच करिव दुई घन्टा मन्त्रिपरिषद् पुनरगठन तथा पार्टी एकताको पूर्णतालगायत विषयमा छलफल भएपनि सहमति जुटन नसकेको हो । दुई नेताले एक सातादेखि निरन्तर छलफल गरेपनि मन्त्रीमण्डलमा थप्ने र हटाउने मन्त्रीको सुचिमा कुरा मिल्न सकेको छैन । आज भने महासचिव विष्णु पौडेल सहित छलफल भएको बताइएको छ ।

अध्यक्ष दाहालले आफुलाई असहयोग गर्ने पुर्व माओवादी तर्फका मन्त्रीलाई समेत हटाउने प्रस्ताव पछिल्लोपटक राखेको बताइएको छ । त्यसमा प्रधानमन्त्री ओली असहमत रहेको बुझिएको छ । गत असोज ६ गते बसेको सचिवालय बैठकले एकताको बाँकी काम टुंग्याउन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वय र महासचिवलाई दिएको थियो । त्यस्तै भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकतलाई पूर्णता दिने निर्णय गरेको थियो ।

तर, अध्यक्षद्वयले अहिलेसम्म प्रस्ताव तयार पार्न सकेका छैनन् । नेकपामा जनसंगठनहरू, पाँचवटा निकाय, ३२ विभागसहित एक नीति प्रतिष्ठान, प्रवास समन्वय र विशेष जिल्ला कमिटीले पूर्णता पाउन बाँकी छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 10, 2020
Loading...