आज मिति २०७७ साल असोज २६ गते सोमबार, आजको राशीफल

वि.सं.२०७७ साल असोज २६ गते । सोमबार । ईश्वी सन् २०२० अक्टोबर १२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–दशमी,१३ घडी १९ पला,बिहान ११ बजेर २२ मिनेट उप्रान्त एकादशी । नक्षत्र–अष्लेषा,३७ घडी ०० पला,बेलुकी ०८ बजेर ५१ मिनेट उप्रान्त मघा । योग–साध्य,३० घडी ०७ पला,बेलुकी ०६ बजेर ०५ मिनेट उप्रान्त शुभ । करण–भद्रा,बिहान ११ बजेर २२ मिनेट उप्रान्त बव,बेलुकी १० बजेर ४६ मिनेट उप्रान्त बालव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कर्कट,बेलुकी ०८ बजेर ५१ मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३६ मिनेट । दिनमान २८ घडी ५३ पला ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्रम तथा चलफलमा सहभागी भइएला । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) न्यायिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमि लाभपनि रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सामान हराउने योग छ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटावपनि हुन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विशिष्ठ व्यक्तिको साथ पाईनेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । जोश,जाँगर र हिम्मत बढ्नेछ । शेयर बजारको कारोवार हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ व्यक्ति सङ्ग भेट हुने र अरुलाई प्रभावित पार्न सकिनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी वि वाद बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । पुनर्मिलनको योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मान प्रतिष्ठामा बृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला । – ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईंको आजको दिन शुभ रहोस ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 12, 2020