विपी राजमार्गमा नियम विपरित ठुला बस सन्चालनमा, घन्टौ सडक जाम

सिन्धुली । पूर्वी नेपालको काठमान्डौ जोड्ने मुख्य राजमार्गको रुपमा रहेको विपी राजमार्गमा नियम विपरित ठुला बस सन्चालन गर्न अनुमती दिए पछी घन्टौ सवारि जाम हुने गरेको छ । नौबिसे-कलङ्की सडकखण्डमा भइरहेको सवारी जाम हटाउन नौबिसे-कलङ्की हुँदै पूर्व जाने वस विपी राजमार्ग हुँदै जान अनुमती दिइएपछी उता भने जाम हटेको छ ।

सिङ्गल लेनको विपी राजमार्गमा चाडपर्वका कारण ठूला बससमेत सञ्चालन अनुमति दिएपछि शुक्रबार बिहान देखी राती सम्म सडक जाम भएको हो । दैनिक सात आठ हजारसम्म सवारी चाप धान्न सक्ने सो सडकमा दशैंका बेला चार पाँच गुना बढी चाप हुने गरेको छ । जापान सरकारले ग्रामीण कृषि तथा वातावरणीय सडक निर्माण गरिदिए पनि राजधानी काठमाडौँ जोड्ने बैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको छ । सडकको सवारी चापलाई ध्यान दिदै सरकारले विपी राजमार्गलाई डवल लेनको बनाउने तयारी थालिसकेको छ ।

प्रकाशित मिति October 5, 2019
Loading...