४०४७ कोरोना संक्रमित थपिए, थप ९ जनाको मृत्यु

काठमाडौं, असोज २६ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १४७३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।                                                         

यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७७ हजार २७७ पुगेको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 12, 2020
Loading...