गोलन्जोर – २ का वडाध्यक्षको कु’टाइबाट स्थानीय गम्भीर घाइते

सिन्धुली, असोज २६ । गोलन्जोर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष एवम गोलञ्जोर गाउँपालिकाका प्रवक्ता दौलत कार्कीले स्थानीयलाई कु’ट’पि’ट गरेका छन् ।

को रोना सार्न हिडेको भन्दै आफु र आफ्नो परिवारलाई अ’पमान गरेको भन्दै वडाअध्यक्ष कार्कीले स्थानीय ध्रुव कार्कीलाई कुटपिट गरेको पाईएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष कार्कीले शनिबार राती कु’ट’पि’ट गरेको प्रहरीले जनाएको छ । कार्की विरुद्ध पीडित पक्षले आइतबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी दिएको छ ।

उजुरी परेपछि कार्की इलाका प्रहरी कार्यालय खुर्कोटमा उपस्थित भएका भए पनि प्रहरीले उनलाई पक्राउ भने गरेको छैन । पीडित पक्षले दिएको उजुरी प्रहरीले लिएको छ तर दर्ता भएको छैन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रञ्जु सिग्देलले प्रहरीमा उजुरी आएको तर स्वास्थ्य जाँचको रिपोर्ट नआइसकेकाले उजुरी दर्ता नभएको बताइन् ।

उनले घटनाको अनुसन्धान भईरहेको र पीडक वडाअध्यक्षलाई पक्राउ नगरी सकेको बताइन् । ‘इलाका प्रहरी कार्यालय खुर्कोटमा बोलाई आइतबार सामान्य सोधपुछ भएको छ, को रोना सार्न हिडेको भन्दै अ पमान गरेपछि कु’ट’पि’ट गरेको वडाध्यक्ष कार्कीले स्वीकारेका छन् । मेडिकल रिपोर्ट आएपछि मुद्दा दर्ता भई कारवाहि प्रक्रिया अगाडि बढ्छ’ सिग्देलले भनिन् ।

वडाध्यक्षको कु’टाईबाट घाइते भएका ध्रुवको शुभजीवन अस्पताल खुर्कोटमा उपचारपछि काठमाडौंको न्युरो अस्पतालमा उपचार भइरहेको छ । कु’ट’पि’टका कारण शरीरमा नि’ल’डा’महरु छन् । टाउकोमा समेत चो’ट लागेका कारण चिकित्सकले ग’म्भिर असर परेको हुनसक्ने बताएको उनका भतिज हरिकिशोर कार्कीले बताए ।

कुटपिटपछि पीडितले बा’न्ता समेत गरेकाले थप उपचारका लागि न्यु’रो अस्पताल लगिएको उनले बताए । पीडित ध्रुवले भने आफु टिभी हेरेर बसिरहेको बेलामा घरमा आई मेरो ब’द्’ना’म गर्नै भन्दै ला’त्ती मु’क्का र लौ’रोले कुटपिट गरेको बताए ।

उनले भने, ‘प्रतिबाद गर्नै सकिन । म बे होस भएर ल डेपछि म र्यो भनेर छाडेर हिँडेछन् ।’

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 12, 2020
Loading...