आज मिति २०७७ साल असोज २७ गते मंगलबार, आजको राशीफल

वि.सं.२०७७ साल असोज २७ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर १३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–एकादशी,१० घडी ०१ पला,बिहान १० बजेर ०३ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–मघा,३५ घडी ०२ पला,बेलुकी ०८ बजेर ०४ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–शुभ,२४ घडी २२ पला,दिउसो ०३ बजेर ४८ मिनेट उप्रान्त शुक्ल । करण– बालव,बिहान १० बजेर ०३ मिनेट उप्रान्त कौलव,बेलुकी ०९ बजेर १६ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–काल योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३५ मिनेट । दिनमान २८ घडी ४९ पला । परमा एकादशी व्रत । प्राकृतिक विपत्ति न्यूनिकरण दिवस ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेमीको सहयोग पाईनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । व्यापार व्यवसायमा फाईदा होला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहान सुख मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । नयाँ कामको थालनी हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज स्वास्थ्य तथा शिक्षामा सुधार आउनेछ । सामाजिक क्षेत्रबाटपनि सफलता मिल्नेछ । \मनमा हर्ष,उमङ्ग र उत्साह छाउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मंगल कार्यको योग छ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । लाभदायक यात्रा होला । प्रिय व्यक्तिसंग भेट घाट होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झ न्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । शुभ–अशुभ दुवै समाचार सुनिएला । मित्र संग मीठो भेट घाट रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक कार्यमा मन जाला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । कार्य सम्पादनमा समस्या आउला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । शत्रुपनि पराजित हुन सक्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कार्यको प्रारम्भ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मनोरञ्जनमा अभिरुचि जाग्नेछ । स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईंको आजको दिन शुभ रहोस ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 13, 2020
Loading...