मरिण गाउँपालिकामा आठ जनामा कोरोना संक्रमण पुष्ठि

सिन्धुली, असोज २७ । सिन्धुलीको मरिण गाउँपालिकामा आठ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । मरिण गाउँपालिकामा यति धेरै संख्यामा पहिलोपटक कोरोना संक्रमित देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहका अनुसार ३७ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाईएका मध्ये ८ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिएकाहरु जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीहरु लगाएतका रहेका छन् ।

मरिण गाउँपालिकाको सेवा बन्द

गाउँपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि मरिण गाउँपालिकाले आजदेखि सेवा बन्द गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत बिनोद पोखरेलले सोमबार एक सूचना जारी गर्दै कर्मचारीलाई कोरोना देखिएकाले १० दिनको लागि गाउँपालिकाको अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिएका छन् ।                                           

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 13, 2020
Loading...