प्रथम मरिण गोल्ड कपको उपाधी आयोजकलाई, हरिहरपुरगढी दोश्रो

मरिण, सिन्धुली ।

असोज १८ , सिन्धुलीको मरिण गाउँपालिकाको सहयोगमा बडा दशैको अवसर पारेर “ नमो: बुद्ध युवा क्लब देउजोर द्वारा आयोजना गरिएको ” प्रथम मरिण गोल्डकप ” २०७६ नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक नमो: बुद्ध युवा क्लब देउजोरले जितेको छ । हिजो भएको खेलमा आयोजकले दुई विदेशी खेलाडी सहित मैदानमा उत्रिएको हरिहरपुरगढी युबा क्लबलाई १-० गोल अन्तरले हराएको हो ।

सर्बाधिक पुरस्कार राशीको प्रतियोगितामा पहिलो हुने नमो: बुद्ध युवा क्लब देउजोरले एक लाख नगद र दोस्रो हुने हरिहरपुरगढी युबा क्लबले पचास हजार नगद पुरस्कारका साथसाथै ट्रफी प्राप्त गरेका छन, भने प्रतियोगितामा विभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद पुरस्कार र ट्रफी प्राप्त गरेका छन । विजेता सम्पूर्ण टिम र खेलाडिहरुलाई आयोजक क्लबका अध्यक्ष टिकाराम थिङले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता सिन्धुली जिल्ला मरिण गाउँपालिका -७ स्थित बार्हबिसे खेल मैदानमा संचालन भएको थियो ।

प्रतियोगितामा सिन्धुली देखी सर्लाही सम्मका क्लबहरु गरेर २० टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति October 5, 2019
Loading...