सिन्धुली, असोज २७ । गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको भन्दै अध्यक्ष कार्कीले फेसबुकमा स्टाटस लेखेका छन् ।
उनले भनेका छन्, ‘पीसीआर परीक्षणबाट ममा कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण देखिएको हुँदा यस बीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले विशेष सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ।’
अध्यक्ष कार्की केही दिनदेखि ज्वरो आएका कारण घरमै बसेका छन् ।
गोलन्जोर गाउँपालिकाको सेवा बन्द
गाउँपालिकामा कार्यरत केही कर्मचारी र अन्यलाई कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले देखि सेवा बन्द गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले एक सूचना जारी गर्दै कर्मचारीलाई कोरोना देखिएकाले कोरोना संक्रमितको सम्पर्कमा आएका हरुको पिसिआर नतिजा नआउन्जेल सम्मको लागि गाउँपालिकाको अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिएका छन् ।
काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।
प्रकाशित मिति October 13, 2020