काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोना संक्रमण

काठमाडौं, असोज २७ । काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका १७४६ जना, भक्तपुरको १६७ जना र ललितपुरका २ सय १६ जना छन्।

उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको हो।

तेस्तै आज देशभर कोरोनाका ३ हजार ५ सय ५६ संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३५८ पुगेको उनले बताए।                               

यस दिन कोरोनाबाट १ हजार ५०३ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ।

अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३५ हजार ९१५ जना सक्रिय सं क्रमित छन्।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ। मंगलबार मात्र थप मृतक १८ जनामा कोरो ना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति October 13, 2020