ललितपुर, असोज २७ । विभिन्न संस्थाका लागि भन्दै विभिन्न सामान खरिदको नाममा ठ गेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका – ७ बारबिसे घर भएका ३३ वर्षीय बिक्रम शाह भन्ने निरञ्जन थापा रहेका छन् ।
बिभिन्न मितिमा ललितपुर र काठमाडौंका बिभिन्न पसलहरुबाट ५३ लाख ३१ हजार २ सय ५३ रुपैयाँ बराबरको विभिन्न सामान ठ गी गरेको अभियोग थापालाई लागेको छ ।
थापाले विभिन्न पसलहरुबाट पिपुल केयर नेपाल नामक संस्थाको लागि फर्निचर, कार्पेट, ईलोक्ट्रोनिक र स्टेसनरी समेत गरी उक्त नगद बराबरको सामान लिई भुक्तानी नगरी ठ गी गरेको खुल्न आएपछि महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई ठ गी गरेको सामान सहित पक्राउ गरेको हो ।
सो घटनाबारे थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।
काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।
प्रकाशित मिति October 13, 2020