सिन्धुलीमा एकैदिन गाउँपालिका अध्यक्ष लगाएत ३६ जनामा कोरोना संक्रमण पुष्ठि

सिन्धुली, असोज २७ । सिन्धुली जिल्लामा आज ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा सरकारी कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारण रहेका छन् ।

दुधौलीमा एकै दिनमा २७ जनामा कोरोना पोजेटिभ

दुधौली नगरपालिकाका २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४६ जनाको स्वाव संकलन गरि पठाइएकोमा २७ जनाको रिपोट पोजेटिभ आएको हो ।

नगरपालिका भित्र क्वारेन्टाइनमा रहेका ५ जना र कन्ट्याक ट्रेसिङका २२ जना गरि २७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । नगरपालिका भित्र संक्रमण देखिनेमा ७ महिला र १९ जना पुरुष रहेका छन ।

गोलञ्जोर गाउँपालिकाका अध्यक्ष कार्की नै संक्रमित

गोलञ्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको भन्दै अध्यक्ष कार्कीले फेसबुकमा स्टाटस लेखेका छन् ।

उहाँले भन्नु भएको छ – ‘पीसीआर परीक्षणबाट म मा कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण देखिएको हुँदा यस बीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले विशेष सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ।’ अध्यक्ष कार्की केही दिनदेखि ज्वरो आएका कारण घरमै बसेको पारिवारिक स्रोतले जानकारी दिएको छ । यसैविच गाउँपालिकाको कन्ट्याक ट्रेसिङका एक जनामा कोरोना पुष्टि भएको छ ।

मरिण गाउँपालिकामा आठ जनामा कोरोना संक्रमण पुष्टि

मरिण गाउँपालिकामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहका अनुसार ३७ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाईएका मध्ये ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना पोजेटिभ देखिएकाहरु जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीहरु लगाएतका रहेका छन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 13, 2020