आज मिति २०७७ साल असोज २८ गते बुधबार, आजको राशीफल

वि.सं.२०७७ साल असोज २८ गते । बुधबार । ईश्वी सन् २०२० अक्टोबर १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–द्वादशी,०५ घडी ४८ पला,बिहान ०८ बजेर २३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– पूर्वाफाल्गुनी,३२ घडी १४ पला,बेलुकी ०६ बजेर ५८ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग–शुक्ल,१७ घडी ५५ पला,दिउसो ०१ बजेर १४ मिनेट उप्रान्त ब्रम्ह । करण–तैतिल,बिहान ०८ बजेर २३ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर २६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३४ मिनेट । दिनमान २८ घडी ४५ पला । विश्व गुणस्तर दिवस । प्रदोष व्रत।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शिक्षामा सफलता पाईनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज यात्रा गर्दा सचेत हुनुपर्नेछ । इच्छा पूरा गर्न र भौतिक सुखकालागि खर्च बढ्नेछ, तर नजिकका व्यक्तिबाट भरपुर साथ र सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । भूमि लाभपनि रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान र ढीलासुस्ती होला । सानातिना समस्यामा अल्झिनुपर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । मनोबल उच्च रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आ कस्मिक धन लाभ हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा स’ङ्का उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । रमाइलो यात्राको योग रहेको छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला । – ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईंको आजको दिन शुभ रहोस ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 14, 2020