मरिण गोल्डकप २०७६ : हरिहरपुरगढीका समर्थक द्वारा आयोजक टिमका खेलाडी कुटिए !

मरिण, सिन्धुली ।

सिन्धुलीको मरिण गाउँपालिकाको सहयोगमा बडा दशैको अवसर पारेर आयोजना गरिएको ” प्रथम मरिण गोल्डकप ” २०७६ नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक नमो: बुद्ध युवा क्लब देउजोरले जितेको छ । हिजो भएको खेलमा आयोजकले दुई विदेशी खेलाडी सहित मैदानमा उत्रिएको हरिहरपुरगढी युबा क्लबलाई १-० गोल अन्तरले हराएको हो । खेल हारे संगै हरिहरपुरगढीका समर्थकहरुले आयोजक टिमका खेलाडीहरुलाई कुट्पिट प्रयास गरेका छन, खेल सक्किना साथ मैदानमै छिरेर समर्थकहरुले प्रहरीकै अगाडि खेलाडीहरु माथी आक्रमण गरेका थिए ।

प्रदेश सान्सद बसन्त माझी र गाउपालिका अध्यक्ष पानीराज बम्जन र प्रहरिकै अगाडि कुटाइ खानु परेको भन्दै खेलाडीहरुले दुखेसो गरेका थिए । प्रतियोगिता सुरुदेखिनै विबादरहित भए पनि फाइनलमा भने त्यस्तो हुन सकेन ।

तेस्तै प्रतियोगितामा पहिलो हुने नमो: बुद्ध युवा क्ल*ब देउजोरले एक लाख नगद र दोस्रो हुने हरिहरपुरगढी युबा क्ल*बले पचास हजार नगद पुरस्कारका साथसाथै ट्रफी प्राप्त गरेका छन । विजेता सम्पूर्ण टिम र खेलाडिहरुलाई प्रदेश सान्सद बसन्त माझी र गाउपालिका अध्यक्ष पानीराज बम्जन लगाएतका अतिथीहरुले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता सिन्धुली जिल्ला मरिण गाउँपालिका -७ स्थित बार्हबिसे खेल मै*दानमा संचालन भएको थियो ।

प्र*ति*यो*गि*ता*मा सिन्धुली देखी सर्लाही सम्मका क्ल*बहरु गरेर २० टिमको स*ह*भा*गि*ता रहेको थियो ।

 

तस्बिर – आयुश तामाङ

प्रकाशित मिति October 5, 2019