नेकपालाई बाबुरामको जवाफ : ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ’

काठमाडौं, असोज २८ । समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ’ भनी नेकपा र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जवाफ दिएका छन्।

उनले ट्वीटरमा नेकपा प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्ति राखेर भनेका छन्, ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ।’

भट्टराईले हालै दिएको बुढीगण्डकी परियोजनामा अर्बौं रकम घुस लिएको भनी नेकपा अध्यक्षलाई आरोप लगाएर अभिव्यक्ति दिएको भन्दै त्यसउपर श्रेष्ठले बुधबार विज्ञप्ति जारी गरेका थिए।

श्रेष्ठले विज्ञफ्तिमा उक्त अभिव्यक्ति दुरासयपूर्ण रहेको र भ्रमको खेती मात्र रहेको बताएका थिए। गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित आपत्तिजनक र गैरजिम्मेवार अभिव्यक्तिका निम्ति क्षमा याचना गर्नुपर्ने श्रेष्ठको विज्ञप्तिमा थियो।

भट्टराईले सबै उच्च पदासिनहरूको सम्पत्ति छानविन गर्न माग गरेका छन्।

ट्वीटरमा जवाफ दिँदै भट्टराईले बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिङ, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार काण्डको छानविन गर्न प्रस्ताव गरेका छन्। उनले सो कार्यका लागि पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार रहेको बताएका छन्।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 14, 2020
Loading...