बहराइनका राजकुमार नासिरले गरे मनास्लुको सफल आरोहण

काठमाडौं, असोज २९ । बहराइन राजकुमारसहित १७ जनाको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । राजकुमार नासिर बिन हामिद अल खलीफाले आज बिहान ८ हजार १ सय ५६ मिटरको मनास्लु हिमालको सफल आरोहण गरेका हुन् ।

राजकुमारसहित १४ जना र ३ गाइड गरि १७ जनाको टोलीले आज बिहान सात बजेर दश मिनेटमा मनास्लुको सफल आरोहण गरेको हो । मनास्लु आरोहणका लागि राजकुमारसहितको टोली बुधबार आधारशिविर पुगेको थियो ।

सन् २०२० यता नेपालमा आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण भएको यो पहिलोपटक हो । यसअघि राजकुमार नासिरले सोलुखुम्बुको लोबुचे हिमालको सफल आरोहण गरेका थिए ।                                                                               

कोरोना माहामारीको समयमा राजकुमार खलीफाले दुईवटा हिमालको सफल आरोहण पूरा गरेका हुन् । राजकुमारको टोलीले अर्को सिजनमा सगरमाथा आरोहण गर्ने लक्ष्य लिएको छ । हेरौं हिमाल आरोहणका क्रममा लिइएका तस्बिरहरु –         

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 15, 2020
Loading...