अर्थमन्त्री पौडेलको पहिलो निर्णय : विश्व बैंकसँग २० करोड डलर ऋण लिने

काठमाडौं, असोज २९ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले बिहीबार अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन ।

बिहीबार शीतल निवास राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै मन्त्री पाैडेलले मन्त्रालय पुगेर पदभार सम्हालेका हुन ।

पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयमा विश्व बैंकसँग ऋण लिने निर्णयमा हस्ताक्षर गरेका छन्। मन्त्री पौडेलले विश्व बैंकसँग २० करोड ऋण लिने पत्रमा हस्ताक्षर गरेका हुन। उक्त रकम को भिड १९ को रोकथाममा प्रयोग गरिने छ ।

मन्त्री पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले अर्थमन्त्री नियुक्त गर्नुभएको थियो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिवसमेत रहेका पौडेल अर्थमन्त्रीमा दोस्रो पटक नियुक्त भएका हुन ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

 

प्रकाशित मिति October 15, 2020
Loading...